काठमाडौं । ब्राजिलले फिफा विश्वकप छनोट प्रतियोगितामा महत्त्वपूर्ण जित दर्ता गरेको छ । भर्खरै सम्पन्न खेलमा ब्राजिलले कोलम्बियामाथि २-१ को रोमाञ्चक जित निकालेको हो । ब्राजिलको जितमा राफिन्हा र भिनिसियस जुनियरले समान एकएक गोल गरे । कोलम्बियाका लागि लुइस डियाजले एक गोल फर्काएका थिए ।
यो जितसँगै ब्राजिल दक्षिण अमेरिकी छनोटको अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । १३ खेलमा ६ मा जित, ३ मा बराबरी र ४ मा हार व्यहोर्दै २१ अंक बटुलेको छ । शीर्ष स्थानमा रहेको अर्जेन्टिनाको एक खेल कम खेल्दै २५ अंक छ । यता पराजित कोलम्बिया १९ अंकसहित छैटौं स्थानमा झरेको छ ।





























प्रतिक्रिया