एमजीले ल्यायो सबैभन्दा सस्तो इलेक्ट्रिक कार, यस्तो छ फिचर

एमजीले ल्यायो सबैभन्दा सस्तो इलेक्ट्रिक कार, यस्तो छ फिचर

केन्द्रबिन्दु
243
Shares

काठमाडौं । एमजी मोटर्सले भारतको सबैभन्दा सस्तो इलेक्ट्रिक कार एमजी कमेटको नयाँ संस्करण ब्ल्याकस्टोर्म एडिसन लन्च गरेको छ ।

नयाँ फिचर र आकर्षक लुक्सका साथ प्रस्तुत गरिएको ब्ल्याकस्टोर्म एडिसनमा १७.४ किलोवाट क्षमताको ब्याट्री प्याक रहेको छ, जसले फुल चार्जमा २३० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीको भनाइ छ ।

यस कारमा १०.२५ इन्चको इन्स्ट्रयुमेन्ट क्लस्टर, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ४ स्पिकर साउन्ड सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले जस्ता फिचर समावेश गरिएको छ । साथै सेफ्टीका लागि एलईडी हेडलाइट र टेललाइट, रियर पार्किङ क्यामेरा समावेश छ ।

यस कारको सुरुवाती मूल्य ७ लाख ८० हजार भारु रहेको कम्पनीले जनाएको छ ।

Logo