स्वास्थ्य मन्त्रालयले १४ अस्पतालमा १८ वटा विभिन्न सेवासुविधा थप्ने

स्वास्थ्य मन्त्रालयले १४ अस्पतालमा १८ वटा विभिन्न सेवासुविधा थप्ने

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत्र महिनामा स्वास्थ्य सेवा विस्तार अभियानको रुपमा थालनी गरिएको जनाएको छ ।

शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गदै प्रवक्ता प्रकाश बुढाथोकीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्षभरी प्रत्येक महिनामा विशेष स्वास्थ्य अभियान सञ्चालन गर्ने निर्णय गरे बमोजिम फागनु महिनाभर नसर्ने रोगहरुको पहिचानका लागि एक महिने अभियान सम्पन्न भइसकेको जानकारी दिए ।

उनले भने, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्षभरी प्रतयेक महिनामा विशेष स्वास्थ्य अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । यसै अन्तर्गत, फागुन महिनाभर नसर्ने रोगहरुको पहिचानका लागि एक महिने अभियान सम्पन्न भइसकेको छ । चैत्र महिनामा स्वास्थ्य सेवा विस्तार अभियानको रुपमा थालनी गरिएको छ ।’

त्यस्तै, उनले चैत्र महिनाभर प्रतिष्ठान र संघीय अस्पतालहरुमा सेवा विस्तार योजना अन्तर्गत १४ वटा अस्पतालमा १८ वटा विभिन्न सेवा तथा सुविधा थप गरिने पनि जानकारी दिए ।

उनले भने, ‘माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको चैत्र महिनाभर प्रतिष्ठान र संघीय अस्पतालहरुमा सेवा विस्तार योजना अन्तर्गत १४ वटा अस्पतालमा १८ वटा विभिन्न सेवा तथा सुविधा थप गरिने जानकारी गराउन चाहन्छु ।’

वीर आपताल, काठमाडौंमा महानगरपालिकाको सहयोगमा चैतको दोस्रोत सातादेखि पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ जाँच सेवा गरिने,पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरमा चैतको पाँचौ‌ं हप्तादेखि इलेक्ट्रोग्राफी र नर्भ कन्डक्सन भेलोसिटीसहितको न्यूरोलोजी सेवामा हुने, चैतको पाँचौ हप्तादेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्कीमा ७२ वटासम्म शव राख्न सक्ने गरी फ्रिजको क्षमता वृद्धि गरिने, चैतको दोश्रो हप्तादेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा ममृत तथा शिशु स्वास्थ्य सेवा भवन उद्घा टन गरी ओपीडी सेवा सुरु गरिने लगायत उनले जानकारी गराए ।

Logo