नेपालमा प्रोटोन ‘ई.एमएएस७’ गाडी सार्वजनिक, सुरुवाती मूल्य ५६ लाख ९९ हजार

नेपालमा प्रोटोन ‘ई.एमएएस७’ गाडी सार्वजनिक, सुरुवाती मूल्य ५६ लाख ९९ हजार

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । मलेसियन ब्रान्ड प्रोटोन गाडीको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ ‘ई.एमएएस७’ गाडी सार्वजनिक गरेको छ । एक कार्यक्रमको आयोजना गदै कम्पनीले सो ईभी गाडी औपचारिक रूपमा सार्वजनिक गरेको हो । 

नेपाली बजारमा प्रोटोन ई.एमएएस७’ गाडी प्राइम र प्रिमियममा गरी दुई भेरियन्ट उपलब्ध छन् । जसको सुरुवाती मूल्य ५६ लाख ९९ हजार रुपैयाँ रहेको जगदम्बा मोटर्सले जानकारी दिएको छ । कम्पनीका अनुसार ई.एमएएस७ छ वटा रङ्गमा उपलब्ध रहेको छन् ।  

ग्लोबल मोड्युलर आर्किटेक्चर (जीएमए) प्ल्याटर्फम निर्माण गरिएको यो गाडी १२–इन–१ इन्टेलिजेन्ट इलेक्ट्रिक प्रोपल्सन सिस्टम पनि दिइएको छ । जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले नवप्रवर्तनकारी यो गाडीले हरियो र स्मार्ट मोबिलिटीको नयाँ युगको प्रतिनिधित्व गर्ने बताए ।  

‘नेपालमा प्रोटोन ई.एमएएस७ सार्वजनिक गर्न पाउँदा उत्साहित छौं, नेपाल दिगो यातायाततर्फ अघि बढिरहेको बेला हाम्रो लक्ष्य उच्च प्रदर्शन युक्त र वातावरण मैत्री सवारी प्रदान गर्नु हो, त्यसमा यो गाडीले थप नयाँ आयाम थप्ने हाम्रो विश्वास छ,’ उनले भने ।

 विद्युतीय सवारी साधनको पूर्वाधार र सरकारबाट प्राप्त प्रोत्साहनले विस्तार भइरहँदा प्रोटोनले नेपालको हरित क्रान्तिमा आफ्नो योगदान दिन प्रतिबद्ध रहेको पनि गुप्ताले जानकारी दिए ।  जगदम्बा मोटर्सले आगामी आर्थिक वर्ष २०८२/०८३ मा नेपालभर डिलरशिप विस्तार गर्ने र बलियो नेटवर्क स्थापना साथै चार्जिङ्ग स्टेशनमा लगानी गर्ने पनि योजना बनाएको गुप्ताले बताए । 

नवीनतम सेल–टु–बडी (सीटीबी) ब्याट्री संरचना भएको  ई.एमएएस७ मा लिथियम आयरन फस्फेट ब्याट्री छ । लेभल २ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम भएको यस गाडीमा ३६०–डिग्री भ्यू क्यामेरा दिइएको छ । यस गाडीले ५–स्टार एसियन  एनक्याप सुरक्षा रेटिङ्ग पाइसकेको कम्पनीले बताएको छ ।  

ई.एमएएस७ मा १६० किलोवाट पावर र ३२० एनएम टर्क उत्पादन गर्छ । ४९.५२ किलोवाट आवर ब्याट्री प्याक भएको प्राइम भेरियन्टको गाडीले एकपटकको फुल चार्जमा ३४५ किलोमिटरको रेन्ज दिन्छ । 

यस्तै, प्रिमियम भेरियन्टमा ६०.२२ किलोवाट आवर ब्याट्री दिइएको छ । जसलाई एकपटकको फुल चार्जमा ४१० किलोमिटर रेन्ज दिन्छ । उक्त गाडी डीसी फास्ट चार्जरले २० मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशत चार्ज हुने कम्पनीको दाबी छ । यो गाडीलाई १० मिनेट चार्ज गर्दा १३५ किलोमिटर रेन्ज प्रदान गर्ने बताइएको छ ।

Skip This
Skip This
Logo