बारामा एघार हजार मेट्रिक टन तेलहन उत्पादन

बारामा एघार हजार मेट्रिक टन तेलहन उत्पादन

केन्द्रबिन्दु
45
Shares

कलैया (बारा) । कलैयाका किसानले तेलहनखेती गरी ११ हजार दुई सय मेट्रिकटन तेल उत्पादन गरेका छन्।

किसानले १० हजार हेक्टर क्षेत्रफलमा तेलहनखेती गरी प्रतिहेक्टर एक सय एक मेट्रिकटनका दरले तेलहन उत्पादन गरेका जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायणप्रसाद साहले जानकारी दिए ।

केन्द्रका अर्थ विज्ञ गणेश महराले यहाँ किसानले पछिल्लो समय तेलहनखेती विस्तार गर्दै लगेकाले उत्पादन पनि बढिरहेको बताए। उनका अनुसार गत वर्ष १० हजार दुई सय हेक्टर क्षेत्रफलमा खेत गरी प्रतिहेक्टर एक दशमलव एक मेट्रिकटनका दरले ११ हजार दुई सय २० मेट्रिकटन तेलहन उत्पादन भएको थियो।

आर्थिक वर्ष २०७९/८० मा १० हजार तीन सय, आव २०८०/८१ मा १० हजार दुई सय र आव २०८१/८२ मा १० हजार हेक्टर क्षेत्रफलमा तेलहनखेती भएको प्रमुख साहले जानकारी दिए ।

Skip This
Skip This
Logo