काठमाडौं । आइटेलले नेपाली बजारमा नयाँ स्मार्टफोन आइटेल ए ८० सार्वजनिक गरेको छ । ‘क्या दामी छ१’ नारासहित सार्वजनिक गरिएको यस फोनमा आईपीएस ५४ रेटिङ र १२० हट्र्ज रिफ्रेस रेट जस्ता आकर्षक विशेषताहरू दिइएका छन् ।
आइटेल ए ८० लाई विशेष गरी विद्यार्थी, गेमर, प्रविधि प्रेमी र व्यवसायीहरूको आवश्यकता अनुसार डिजाइन गरिएको बताइएको छ । आइपीएस ५४ रेटिङ भएका कारण यो फोन धुलो र पानीका छिटाबाट सुरक्षित रहन्छ ।
फोनमा ६।७ इन्चको एचडी प्लस डट-इन डिस्प्ले छ । जसले उत्कृष्ट भिजुअल अनुभव प्रदान गर्छ । ५ हजार एमएएच ब्याट्रीले लामो समय चार्ज टिक्ने क्षमता प्रदान गर्ने पनि बताइएको छ । यूनिसोक टी ६०३ अक्टा–कोर प्रोसेसर सहित ८ जीबी र्याम ९४ जीबी प्लस ४ जीबी मेमोरी फ्युजन० र १२८ जीबी स्टोरेज रहेकोले सहज रूपमा मल्टिटास्किङ गर्न सकिन्छ ।
फोटोग्राफीका लागि १३ मेगापिक्सेल एआई डुअल रियर क्यामेरा र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा उपलब्ध छन् । साइड माउन्ट गरिएको फिंगरप्रिन्ट सेन्सर र फेस अनलक जस्ता सुरक्षा सुविधाहरू पनि यो मार्टफोनमा उपलब्ध छन् ।
यसमा फोरजी भिओएलटीई, जिपिएस, वाइफाइ २.४, ब्लुटुथ ५.0, एफएम र टाइप-सी कनेक्टिभिटी रहेका छन् । फोन एन्ड्रोइड १४ गो एडिसन मा सञ्चालन हुन्छ, जसले नयाँ अनुभव प्रदान गर्छ ।
आइटेल ए ८० स्यान्डस्टोन ब्ल्याक, ग्लेशियर ह्वाइट र वेभ ब्लू गरी तीन रंगमा उपलब्ध छ । कम्पनीले फोनमा १०० दिनको रिप्लेसमेन्ट वारेन्टी पनि प्रदान गर्ने जनाएको छ । नेपालभरका ५० भन्दा बढी सेवा केन्द्रहरू मार्फत उपलब्ध हुने आइटेल ए ८० को मूल्य १२ हजार ९९० रुपैयाँ तोकिएको छ।































प्रतिक्रिया