काठमाडौं । गण्डकी अटोमोबाइल्स संघको आयोजनामा गरिएको पोखरा मोटर र्याली-२०२५ सफलतापूर्वक सम्पन्न भएको छ । र्याली वाडा अटो शोको विशेष कार्यक्रमको रूपमा आयोजित गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय बिन्दु कुमार थापाले गरेका थिए ।अटोमोवाइल क्षेत्रमा क्रियाशील नेपाल अटोमोबाइल्स एसोसिएसनको गण्डकी प्रदेश संघ गण्डकी अटोमोबाइल्स संघको आयोजनामा भएको रोमाञ्चक प्रतिस्पर्धा र उत्कृष्ट प्रदर्शनले भरिएको यो मोटर र्यालीमा ७३ जना प्रतिस्पर्धीले सहभागिता जनाएका थिए ।

जसमा ५३ जना पुरुष र २० महिला ड्राइभरहरूले भाग लिएको बताइएको छ । पुरुष क्याटेगोरीमा शोभित मान बुद्धाचार्य (ड्राइभर) र सुशिन लामा (नेभिगेटर) ले प्रथम स्थान प्राप्त गरेका छन् । त्यस्तै, दोस्रो स्थान सुमन बिजुक्छे र रोजिना रञ्जित बिजुक्छेले हासिल गरेका छन् भने सुनिल श्रेष्ठ र अनिल श्रेष्ठ तेस्रो स्थानमा प्राप्त गरेका थिए ।
महिला क्याटेगोरीमा तिसा जोशी र रेजिना श्रेष्ठले प्रथम स्थान हासिल गरेका छन् । यस्तै, रोमिका बुद्धाचार्य र चिरायु शेरचन दोस्रो स्थानमा रहे भने, शोभा केसी र सरोज कायस्थ तेस्रो स्थानमा हासिल गरेका छन् ।
यो मोटर र्यालीलाई नेपाल अटोमोबाइल्स एसोसिएसनको मार्शल तथा ट्रेनिङ्ग कमिसनबाट प्रशिक्षित मार्शलहरूले व्यवस्थित रूपमा सञ्चालन गरेका थिए । यस र्यालीको उद्देश्य साहसिक खेलकुद, ड्राइभ टुरिजम र महिला सशक्तीकरण रहेको कुरा गण्डकी अटोमोबाइल्स संघका अध्यक्ष शिव श्रेष्ठले बताए ।































प्रतिक्रिया