काठमाडौं । यही चैत १५ गते रिलिज हुने नेपाली चलचित्र ’डोरी’ को १० वटा ‘क्यारेक्टर पोस्टर’ एकसाथ सार्वजनिक भएको छ । चलचित्रका कथा भित्र कलाकारहरूको भूमिकामा आधारित रही उक्त पोस्टरहरू सार्वजनिक गरिएको हो ।
जहाँ चलचित्रका धेरैजसो पात्रहरूको परिचय दिने बताइएको छ । प्रदर्शनको नजिक रहँदा सार्वजनिक पोस्टरहरूमा ‘खुसी, दोस्ती, जलन, योद्धा, डर निराशा, लोभी साहु, तस्करी तथा सङ्घर्ष आदिको कथा राखिएको छ ।
चलचित्रका कलाकारहरू अरुण लामा, अञ्जना बराइली, राज पौडेल, राज थापा, प्रवीण खतिवडा, प्रकाश घिमिरे, नूतन, शिशिर बाङ्देल र कविता आले रहेका छन् । यसअघि नै एक कलाकार वीरेन्द्र सिंह कुशवहाको क्यारेक्टर पोस्टर सार्वजनिक भइसकेको थियो ।
केही दिन अघि ’डोरी’को ट्रेलर सार्वजनिक गरिएको थियो । कमेडीसँगै केही थ्रिल तथा हरर दृश्यहरू समेत रहेको ट्रेलर शीर्षक वरपर घुमेको छ । ट्रेलरबाट दर्शकमा चासो बढेको छ । साथै, चलचित्रको ‘चुच्चे ढुङ्गो’ शीर्षकको गीत पनि सार्वजनिक भएको थियो । जसमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइलीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।
‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । चलचित्रमा अरुण आफैँले प्रमुख भूमिका निभाएका छन् भने प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहा, शारदा अधिकारी, प्रेम सुब्बा, सजन श्रेष्ठ, रामबाबु रेग्मी, लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
चलचित्रका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् । चलचित्रको स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन् भने मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक राजनराज सिवाकोटी, छायाङ्कन निर्देशक सौरभ लामा, कला निर्देशक रोशन दिवाना, सम्पादक मिलन श्रेष्ठ, रङ्ग संयोजक रेनीश फागो रहेका छन् ।































प्रतिक्रिया