काठमाडौं । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा मुम्बई इन्डियन्समाथि चेन्नईले ४ विकेटको जित दर्ता गरेको हो ।
मुम्बईले जितका लागि दिएको १५६ रनको लक्ष्य पाएको चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो । चेन्नईको जितमा रचिन रवीन्द्रले नट आउट रहेर ४५ बलमा ६५ रनको अर्धशतकीय इनिङ खेले।
यसैगरी कप्तान रुतुराज गैकवाडले ५३ रनको योगदान गर्दा रवीन्द्र जडेजाले १७ रन बनाए ।
बलिङमा मुम्बईका लागि भिग्नेस पुथुरले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५५ रन बनाएको थियो । मुम्बईका लागि तिलक बर्माले ३१ रन र कप्तान सूर्य कुमार यादवले २९ रन बनाए । दीपक चहारले अविजित रहँदै १५ बलमा २८ रन बनाएपछि मुम्बईले १५० रनको आँकडा पार गरेको हो ।
बलिङमा चेन्नईका लागि नूर अहमदले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए भने खलील अहमदले तीन विकेट हात पारे ।





























प्रतिक्रिया