७० करोडको किर्ते गर्ने १२ जनाबिरुद्द मुद्दा दायर

७० करोडको किर्ते गर्ने १२ जनाबिरुद्द मुद्दा दायर

केन्द्रबिन्दु
0
Shares

मालिकको  ७० करोड बराबरको सम्पत्ती हात पार्न किर्ते गर्नेसहित त्यस कार्यमा सघाउने १२ जनाबिरुद्ध मुद्धा दायर भएको छ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिस्ट्रार कार्यालयका २ उप रजिष्टारसहित १२ जना बिरुद्द भ्रष्ट्राचार मुद्दा दायर गरेको हो ।

मुद्दा दायर गरिएकामध्ये कम्पनी रजिष्टारको कार्यालयमा कार्यरत उप रजिष्टारद्वय गंगाधर पौडेल, धर्मराज रोकाया, सहायक रजिष्ट्रार नारायणप्रसाद पोखरेल, उमेशमान जोशी, कम्प्युटर अपरेटर आशिष महर्जन र पुष्पकला राई रहेका छन् । त्यस्तै उनीहरुसँग मिलेमतो गरी मतियारको भूमिका निर्वाह गर्ने जितबहादुर मगर, राजन प्रसाद लम्साल, पुण्यप्रसाद खरेल, निरज कुमार मानन्धर र प्रकाश बिक्रम मिश्र बमोजिम पनि मुद्दा दायर भएको छ ।

आयोगले शंकर इलेक्ट्रिक इन्डस्ट्रिज प्रालिको ७० करोड बराबरको शेयर नामसारी गर्दा किर्ते गरेको आरोपमा उनीहरुबिरुद्द विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो ।  शंकर इलेक्ट्रिक इन्डस्ट्रिज प्रालिका सञ्चालक रामनिरञ्जन जटियाको किर्ते लिखत तयार गरी अर्कै व्यक्तिको नाममा शेयर हस्तान्तरण गरेको अख्तियारको दावी छ । जटियासँग १६ वर्षदेखि काम गर्दै आएका जितबहादुर मगरले कम्पनीको कागजपत्र चोरी गरी ठगीको योजना बनाएको अख्तियारले दावी गरेको छ ।

घटनाको विवरण 

भारतीय नागरिक राम निरंजन जटियाको घरबाट कम्पनीको कागजात चोरी गरि बिगत १६ बर्षदेखि उनकै घरमा काम गर्दै आएका रामेछापका जित बहादुरले शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालि आफ्नो बनाए । उनले आफु नै मालिक हो भनि  कम्पनीको नाममा रहेको बालुवाटार स्थित कित्ता नम्बर ४४१, ५०५ र ५४० को ३ रोपनी जग्गा सहितको घर, सतुंगल वडा नम्बर ९ को कित्ता न. १२६ को १५ रोपनी जग्गा र म्याग्दी एवं नुवाकोटको जग्गा वेचबिखन गर्न वैना गर्दै हिडे।  जित बहादुरले काठमाण्डौ, चन्द्रागिरीका निरज कुमार मानन्धरको मुख्य सहयोगमा कागजात, सहीछाप र हस्ताक्षर किर्ते गरी कम्पनी आफ्नो नाममा ल्याएको अनुसन्धानमा खुलेको हो ।

यस अघि नै प्रहरीले उनीहरुलाई पक्राउ गरि मुद्धा चलाएको थियो।

Skip This
Skip This
Logo