काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आन्तरिक विवादका कारण पटकपटक स्थगित भइरहेको छ । "/>

आन्तरिक विवादले नेकपा बैठक फेरि स्थगित

आन्तरिक विवादले नेकपा बैठक फेरि स्थगित

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आन्तरिक विवादका कारण पटकपटक स्थगित भइरहेको छ । आन्तरिक विवाद समाधान गरी मंगलबार सचिवालय बैठक बस्ने तय भए पनि अन्तिम समयमा स्थगित भयो ।

नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा सचिवालय बैठक बुधबार बस्ने बताए । नेताहरूको आन्तरिक तयारी एवं कार्यव्यस्तताका कारण मंगलबारको बैठक स्थगित भएको उनले बताए ।

प्रदेश कमिटी गठन, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, पोलिटब्युरो कमिटी गठन, जिल्ला एवं जनवर्गीय संगठनहरूको एकता लगायतका कार्यमा विवाद भएपछि समाधानका लागि पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई जिम्मेवारी दिइएको थियो ।

नेकपाका एक नेताका अनुसार सोमबार बस्ने बैठक मंगलबार सारियो तर मंगलबारसमेत बैठक नहुनुको मुख्य कारण नेताहरूबीचको विवाद नै हो । विवाद समाधान गरी टुंगोमा पुग्ने गरी छलफल गरेर बैठक बोलाउन अध्यक्षद्वयलाई जिम्मेवारी दिएको उनले बताए ।

पार्टीको केन्द्रीय कमिटी बैठक बस्न नसकेको बताउँदै यसअघि स्थायी कमिटी बैठक समेत स्थगित भएको उनले बताए । पार्टी एकता तथा सरकार सञ्चालनको महत्वपूर्ण समयमा पार्टी बैठक नगरी स्वेच्छाचारी रूपमा अघि बढ्ने काम भएको उनले आरोप लगाए ।
राजधानीबाट

Logo