नेप्सेको सीईओमा नारद लुइँटेल नियुक्त

नेप्सेको सीईओमा नारद लुइँटेल नियुक्त

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नारद लुइँटेल नियुक्त भएका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस समितिको सिफारिसका आधारमा लुइँटेललाई सीईओ बनाउने निर्णय गरेको हो ।

सीईओ छनोटका लागि अन्तिम पाँच जना उम्मेदवारको सूचीमा लुइँटेलसहित चुडामणि चापागाईं, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्याल परेका थिए। उनीहरुलाई व्यावसायिक कार्य योजना प्रस्तुत गर्न भनिएको थियो । तीमध्ये सीईओमा लुइँटेल छानिएका हुन् ।

Skip This
Skip This
Logo