काठमाडौं । स्काईवेलले पूर्वी नेपालको इटहरीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । स्काईवेल गाडीको आधिकारिक वितरक जी मोटर्सले उक्त शोरुमको उद्घाटन गरी औपचारिक रूपमा सञ्चालनमा आएको जानकारी दिएको हो ।
उक्त शोरुको उद्घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री कर्ण राईले गरेका छन् । शोरुम उद्घाटन समारोहमा स्काईवेलका डेपुटी जनरल म्यानेजर थोमस झु र कन्ट्रि म्यानेजर भिरा एवं जी मोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालको उपस्थिति रहेको थियो ।
नेपालमा पाइने विद्युतीय सवारी साधनहरु मध्ये सबैभन्दा बढी ६२० किलोमिटर रेन्ज भएको प्रिमियम एसयूभी स्काईवेल इटी फाईभ नेपाली बजारमा एक वर्ष अगाडि भित्र्याई बिक्री गर्दै आएको छ । चिनियाँ ब्रान्डको स्काईवेल ६५ भन्दा बढी देशमा बिक्री वितरण हुँदै आएको छ । स्काईवेल चिनियाँ ईलेक्ट्रोनिक्स जाईन्ट स्काईवर्थको ब्रान्ड हो ।
भक्तपुरको राधेराधेमा पहिलो बिक्री कक्ष खोलेर नेपाली बजारमा स्काईवेलले एक वर्ष अगाडि आफ्नो प्रिमियम एसयूभीको बिक्री वितरण शुरु गरेको थियो । नेपाली बजारमा भित्रिएको एक वर्ष भित्रमै राम्रो ब्रान्ड भ्यालु कायम गर्न सक्षम स्काईवेलले १०० भन्दा बढी एसयूभीहरु नेपालमा बिक्री गरिसकेको छ ।

स्काईवेलले छोटो समयमा हाँसिल गरेको उपलब्धिको प्रमुख कारण प्रिमियम उत्पादन, स्थापित ब्रान्ड र नेपालमा जी मोटर्सको बलियो बिक्री पश्चातको सेवा रहेको प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले बताए ।
‘हामी बिक्री पछिको सेवालाई मध्यनजर गर्दै गाडी बिक्री गरिहरेका छौं, दिनुपर्ने सेवामा हामी कहीँ कति पनि चुक्ने छैनौं, तर बजारमा ईभीलाई बुझेर मात्र किन्न मेरो सुझाव छ,’ उनले भने ।
यस्तै, कम्पनीका कार्यकारी निर्देशक पारसमणि गेलालले प्रिमियम एसयूभी ब्रान्डको रूपमा छोटो समयमै प्रतिष्ठा आर्जन गर्न सफल भएको लक्जरी सवारी साधन रहेको बताए । ‘ यो सवारी चढेर हिँड्ने हाम्रा ग्राहकले जति गर्व गर्नुहुन्छ, यथार्थमा त्यस अनुसारको नेपाली बजारमा ब्रान्ड भ्यालु र सेवा सुविधा बनाउनु हाम्रो दायित्व हो, त्यसमा हामी कहीँ चुक्ने छैनौं,’ उनले भने ।
एक करोड १५ लाख रुपैयाँ मूल्यसम्म पर्ने स्काईवेलका एसयूभीको शुरुवाती भेरियन्टको ४१० किलोमिटर रेन्ज भएको एसयूभीको मूल्य ७९ लाख ९० हजार रुपैयाँ मूल्य पर्छ । यसै वर्ष स्काईवेलले अहिलेसम्मकै प्रिमियम फिचर भएको सानो एसयूभी पनि नेपाली बजारमा ल्याउँने कम्पनीले जानकारी दिएको छ ।































प्रतिक्रिया