नेपालले एसियन कप छनोटमा आज मलेसियाको सामना गर्दै

नेपालले एसियन कप छनोटमा आज मलेसियाको सामना गर्दै

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । नेपालले एएफसी एसियन कप २०२७ को छनोट चरणको तेस्रो चरणमा आज मलेसियाको सामना गर्दैछ ।

खेल नेपाली समयअनुसार राति ७ः४५ मा मलेसियाको जोहरस्थित सुल्तान इब्राहिम रंगशालामा हुनेछ। यो खेल नेपालमा हुनुप्थ्यो । तर, दशरथ रंगशालालाई एसियाली फुटबल महासंघले मान्यता नदिँदा मलेसियामा हुन लागेको हो।

समूह ‘एफ’मा रहेकाे नेपालसँगै भियतनाम, लाओस र मलेसिया पनि छन्। नेपाल र मलेसियाबीच अन्तर्राष्ट्रिय फुटबलमा याे आठौं पटक प्रतिस्पर्धा हुन लागेको हो। नेपाल जितविहीन छ ।

Logo