काठमाडौं । नेपाली कांग्रेसले पार्टीका स्वर्गीय नेता चक्र बास्तोलाकी पत्नी कुसुम बास्तोलालाई केन्द्रिय सदस्यमा मनोनित गर्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले नेता बास्तोलाकी श्रीमती कुसुमलाई संघर्षशील नारीको संज्ञा दिँदै पार्टी केन्द्रिय सदस्यमा मनोनित गर्ने घोषणा गरेका हुन् ।
नेता बास्तोलाको निधन भएको ४५ औं दिनको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले कुसुम बास्तोला जस्तो संघर्षशील महिलालाई पार्टीको जिम्मेवारी दिने निर्णयमा कसैको पनि विरोध नहुने दावी गरे ।
सभापति देउवाले मष्तिष्कघातबाट थलिएका नेता बास्तोलालाई स्याहार गरेर कुसुमले एउटा साहसिक र संघर्षशील नारीको आफ्नो पहिचानलाई अझै उचो बनाएको पनि स्मरण गराए ।
स्मृति सभामा सभापति देउवाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रिया ल्याउन सहमत गराउने प्रमुख नेता नै बास्तोला भएको खुलाशा गरे । उनले राष्ट्रिय राजनीति र पार्टी राजनीतिमा पुर्याउनु भएको योगदान पार्टीले सदा सम्झीरहने बताए ।





























प्रतिक्रिया