काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माणको क्रममा विभिन्न बुँदाहरू समावेश गर्न सरकारसमक्ष अनुरोध गरेको छ ।
विभिन्न २२ बुँदे सुझाव कार्यान्यन गर्न विभिन्न मान्त्रालय तथा निकायको बिचमा आवश्यक समन्वय गरिदिन समेत भौतिक पूर्वाधार तथा यातायात र अन्य मन्त्रीहरुसमक्ष नासा नेपालले अनुरोध गरेको हाे ।
नेपालको अटोमोबाइल क्षेत्रमा आधुनिक पद्धतिलाई स्थापित गर्न, यातायात प्रणालीमा सुधार गर्न, सडक सुरक्षालाई उच्च प्राथमिकता दिन र सुरक्षित तथा दिगो यातायातको प्रवर्धन गर्न यसले महत्वपूर्ण अर्थ राख्ने अपेक्षा गरिएको छ । दिगो विकास, उत्पादकत्व वृद्धि, र पर्यटनमार्फत समृद्धिका लागि आधुनिक र व्यवस्थित अटोमोबाइल र मोबिलिटीको क्षेत्रमा ती सुझावलाई गम्भीरताका साथ आत्मसात गरी आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा समावेश गरिदिन अनुराेध समेत गरेको नासा नेपालले जनाएको छ ।
यसैगरी नेपालमा ड्राइभिङ स्कुललाई आधुनिक, व्यवस्थीत, व्यवसायीक र वैज्ञानिक ढङ्ग सञ्चालन गर्न हेभी भेइकल ड्राइभिङ स्कुलमा सरकारी लगानी, लाइट भेइकल ड्राइभिङ स्कुलको स्तरोन्नतरी गर्न सिटिइभिटीसंग समन्वय, लाइसेन्स लिने प्रक्रिया छिटो छरितो, व्यस्थीत र आधुनिक बनाउने, न्यूनतम ३ स्टार सेफ्टी रेटिङ्गका गाडी मात्र आयात गर्न पाउने व्यवस्था, मोटरस्पोट्र्सका सामग्री आयात तथा उत्पादनमा कर छुटको व्यवस्था, सवारी साधनको आयु निर्धारण गर्दा गुणस्तर, सुरक्षा, प्रदूषण नियन्त्रण तथा आर्थिक पक्षलाई प्राथमिकता दिने नीति निर्माण गर्न, भिन्टेज गाडीको संरक्षण गरी पर्यटन प्रवद्धनमा सहयोग गर्ने सम्बन्धमा सुझाव पत्रमा उल्लेख छ ।
रोड सेफ्टी ऐन पारित गरी राष्ट्रिय सडक सुरक्षा परिषद् गठन, यातायातसम्बन्धी अनुसन्धान केन्द्रको स्थापना, सार्वजनिक यातायातमा सरकारी लगानी वृद्धि र सार्वजनिक यातायात प्रधिकरणको गठन, यातायात नीतिको पुनरावलोकन तथा सुधारसहित क्रसबोर्डर कनेक्टीभीमा विशेष ध्यान, पार्किङमा निजि क्षेत्रको प्रवेश व्यवस्थीत गरी सेवा वा उद्यम सरहको मान्यता दिने जस्ता विषय सुझाव पत्रमा उल्लेख छ ।
नासा नेपालका अध्यक्ष दशरथ रिसाल र एफआईए वर्ल्ड काउन्सिल मेम्बर फर अटोमोबाइल, मोबिलिटी एन्ड टुरिजम गोविन्द भट्टराई लगायतको उपस्थितिमा सो अनुरोध गरिएको थियाे ।





























प्रतिक्रिया