काठमाडौं । जिमी निशमको धारिलो बलिङ र टिम साइफर्टको विष्फोटिङ ब्याटिङको मदतमा न्युजिल्याण्डले पाकिस्तानविरुद्धको सिरिजमा एकतर्फी जित दर्ता गरेको छ । आज भएको पाँचौ टिट्वान्टी आईमा पाकिस्तानलाई ८ विकेटले हराउँदै न्युजिल्याण्डले सिरिजमा ४१ को कब्जा जमाएको हो ।
पाकिस्तानले दिएको १ सय २९ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले १० ओभरमा मात्र २ विकेट गुमाएर पूरा गरेको थियो । न्युजिल्याण्डका लागि ओपनर साइफर्टले अविजित रहँदै ३८ बलमा १० छक्का र ६ चौकासहित सर्वाधिक ९७ रन जोडे । उनी शतकबाट भने चुके ।
साथै फिन एलेनले १२ बलमा ५ चौका र १ छक्काको सहयोगमा २७ रन जोडे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २८ रन मात्रै बनाउन सकेको थियो । पाकिस्तानका लागि कप्तान सलमान आगाले सर्वाधिक ५१ रन जोडे । उनले ३९ बलमा ६ चौका र १ छक्का प्रहार गरेका थिए ।
शादब खानले २८ रन जोडे पनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
बलिङमा न्युजिल्याण्डका लागि निशम एक्लैले ५ विकेट लिएका थिए । उनी नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल पनि आएका थिए र जनकपुरलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।





























प्रतिक्रिया