काठमाडौं । एनआइसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यसाथ देशभरका हजारौं विद्यार्थी तथा युवामाझ सप्ताहव्यापी विभिन्न कार्यक्रम सञ्चालन गरेर यस वर्षको ‘ग्लोबल मनी विक २०२५’ सम्पन्न गरेको छ।
राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा भएको यस वर्षको ‘ग्लोबल मनी विक २०२५’ का अवसरमा यस बैंकका सातै प्रदेशका विभिन्न शाखाले विद्यार्थी तथा युवालाई वित्तीय साक्षरता अभिवृद्धि अभियानमा सहभागी गराउँदै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यसाथ विभिन्न कार्यक्रम सञ्चालन गरेका छन्।
सातै प्रदेशका विभिन्न शाखाले यस अभियानअन्तर्गत हप्ताभरि सञ्चालन गरेका ८० भन्दा धेरै कार्यक्रमबाट मुलुकभरका ४ हजार ५ सयभन्दा धेरै विद्यार्थी तथा युवा लाभान्वित भएको बैंकले जनाएको छ।
तुलनात्मक रुपमा वित्तीय साक्षरता कम भएका बाजुरा, रूकुम, कालिकोट, जुम्ला, जाजरकोट, दार्चुलाजस्ता जिल्लाका बैंक शाखाले पनि यस अभियानअन्तर्गत वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरेका थिए।
त्यसैगरी, यस बैंकले राष्ट्र बैंकको यस अभियानअन्तर्गत वित्तीय साक्षरता अभिवृद्धि गर्ने खालका सामग्रीसमेत निर्माण गरी प्रकाशन गरेको थियो।
राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई दिएको निर्देशनअनुसार यस बैंकले आयोजना गरेको विविध कार्यक्रम तथा अन्य सामग्रीबाट बालबालिका, विद्यार्थी तथा युवामाझ वित्तीय साक्षरता, जनचेतना, वित्तीय ज्ञान, सीप वृद्धिमा सहयोग पुगेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रन्जन खड्काले जानकारी दिइन् ।































प्रतिक्रिया