काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा ५८ प्रतिशत मत खसेकाे छ । दिउँसो १ बजे सम्म ५८ प्रतिशत मत खसेको निर्वाचन समितिले जानकारी दिएको हो।
महासंघको चुनावमा जिल्लानगर तर्फ कुल १०५ मध्ये ६५ मत खसेको छ भने बस्तुगत तर्फ कुल १०१ मध्ये ६० मत खसेको छ । त्यस्तै एसोसिएट तर्फ कुल ९०४ मत मध्ये ६ सय भन्दा बढी मत खसेको छ ।
विहान ८ बजेदेखि मतदान शुरु हुने भनिएपनि मतदान केही ढिला शुरू भएको थियो । मतदान अहिले पनि जारी छ । जिल्लारनगर तर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएट तर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगत तर्फको लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान भइरहेको छ । कोरोना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ।
नयाँ कार्यसमितिका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १ सय २७ जना चुनावी मैदानमा छन् । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुन पाउने व्यवस्था भए अनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्दैछन् । बाँकी पदहरुमा निर्वाचन हुनेछ ।
महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान चुनावी मैदानमा प्यानलसहित उत्रिएका छन् । यस्तै वस्तुगत तर्फ उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको प्रतिस्पर्धा हुनेछ । जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ प्रतिस्पर्धामा उत्रिएका छन् भने एसोसिएट तर्फको उपाध्यक्ष पदमा रामचन्द्र सांघाई र सौरभ ज्योति प्रतिस्पर्धामा छन् ।
कार्यकारिणी सदस्यतर्फ एक नम्बर प्रदेशबाट राजेन्द्र राउत र द्विराष्ट्रियबाट संदीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन् ।





























प्रतिक्रिया