आईपीएलः राजस्थानको लगातार दोस्रो हार, कोलकाताको पहिलो जित

आईपीएलः राजस्थानको लगातार दोस्रो हार, कोलकाताको पहिलो जित

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) प्रतियोगितामा राजस्थान रोयल्सले लगातार हार व्यहोरेको छ । गएराति भएको खेलमा राजस्थान कोलकाता नाइट राइडर्ससँग आठ विकेटले स्तब्ध भएको हो ।

राजस्थानले दिएको १५२ रनको सामान्य लक्ष्य कोलकाताले १५ बल बाँकी हुँदा मात्र दुई विकेटको क्षतिमा पूरा गर्यो । कोलकाताको जितमा ओपनर क्विन्टन डि कक नायक बने । ६१ बलको सामना गरेका डि ककले ६ छक्का र आठ चौकाको मद्दतमा अविजित ९७ रन बनाए । उनी शतक बनाउन मात्र तीन रनले चुके।

यसैगरी अंगकृष रघुवंशीले २२ रन तथा कप्तान आजिक्य रहानेले १८ रन जोडे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थान रोयल्सले २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनाएको थियो। राजस्थानका लागि ध्रुव जुरेलले सर्वाधिक ३३ रन बनाए। २८ बलको सामना गरेका उनले ५ चौका प्रहार गरे। त्यस्तै यशस्वी जैसवालले २९, कप्तान रियान परागले २५ र जोफ्रा आर्चरले १६ रन बनाएका थिए।

बलिङमा कोलकताका बरुण चक्रवर्ती, मोइन अली, हर्षित राना र बैभव अरोराले समान दुईदुई विकेट लिएका थिए।

कोलकाताको यो इन्डियन प्रिमियर लिग २०२५ मा पहिलो जित हो । यता राजस्थान दुई खेलमा अंकबिहीन छ। राजस्थान पहिलो खेलमा नराइजर्स हैदरावादसँग ४४ रनले पराजित भएको थियो।

Logo