हैदरावाद घरमै स्तब्ध, अक्सनमा ‘अनसोल्ड’ शार्दुलको सनसनी प्रदर्शन

हैदरावाद घरमै स्तब्ध, अक्सनमा ‘अनसोल्ड’ शार्दुलको सनसनी प्रदर्शन

केन्द्रबिन्दु
144
Shares

काठमाडौं । सनराइजर्स हैदरावाद इण्डियन प्रिमियर लिग (आईपीएल)मा घरेलु मैदानमै स्तब्ध भएको छ। बिहीबार राति भएको खेलमा हैदरावाद लखनउ सुपर जायन्ट्ससँग ५ विकेटले पराजित भएको हो ।

हैदरावादले दिएको १ सय ९१ रनको मध्यम लक्ष्य लखनउले १६ दशलमव १ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । यो खेलमा धेरैको अनुमान थियो, हैदरावादले ३ सय रनको स्कोर छुने छ । किनकी हैदराबादले पछिल्लो खेलमा २८६–६ को स्कोर बनाएको थियो भने लखनउले नयाँ बलर उतारेको थियो । तर, हैदरावादको सोचेझैं प्रदर्शन खेलमा नहुँदा लखनउ हाबी बन्यो ।

लखनउको जितमा निकोलस पुरनले आक्रामक ब्याटिङ गर्दै २६ बलमै सर्वाधिक ७० रन जोडे। सो क्रममा उनले ६ चौका र ६ छक्का प्रहार गरेका थिए । यसैगरी मिचेल मार्शले ५२ रन बनाउँदा कप्तान ऋषभ पन्त १५ रनमा समेटिए भने अब्बदुल समाद २२ रनमा अविजित रहे।

हैदरावादका लागि कप्तान प्याट कमिन्सले २ तथा मोहम्मद सामी, हर्षल पटेल र एडम जाम्पाले समान १ विकेट लिए।

त्यसअघि राजिव गान्धि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रन बनायो। हैदराबादका लागि ओपनर ट्राभिस हेडले सर्वाधिक ४७ रन जोडे। अनिकेत बर्मा ३६ रन जोड्दै आउट भए। ​ नितिश कुमार रेड्डि ३२, हेनरिक क्लासेन २६ तथा अभिषेक शर्मा ६ रनमा आउट भए।

बलिङमा आईपीएल अक्सनमा ‘अनसोल्ड’ भएका लखनउका शार्दुल ठाकुरले ३४ रन खर्चेर ४ विकेट लिए ।

Logo