काठमाडौं । राजावादी प्रदर्शनकारीले तीनकुनेको एउटा घरमा आगजनी गरेका छन् ।
राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो । सोही घरमाथि रहेका प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो र आफूहरुलाई दमन गर्न सहयोग गरेको आरोप लगाउँदै तोडफोड गरेको केही समयमै घरमा आगो लागेको थियो ।
हाल तीनकुनेको अवस्था तनावग्रस्त छ । आगजनी निभाउन हालसम्म दमकल पुगेको छैन, प्रदर्शनकारीहरुले बाटो छेकेर आगो निभाउन दिएका छैनन् । हाल दोहोरो झडप हुँदा दर्जनौं प्रहरी र प्रदर्शनकारी घाइते भइसकेका छन् ।





























प्रतिक्रिया