नेपाली सेनामा बिभिन्न पदमा आवेदन आव्हान गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सोमबार ३ हजार ७ सय ८४ पदका लागि आवदेन आह्वान गरेको हो।
कुचिकार, सैन्य मेडिकल, लेखा जमदार कर्मचारी, सहायक पण्डित हुद्दा, अमलदार कर्मचारी, सैन्य, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य वाद्यवादन तथा विभिन्न ट्रेडका फलोवर्स पदका दरखास्त आव्हान गरेको हो।
यी पदहरुका लागि १४ स्थानबाट आवेदन दिन सकिनेछ। नेपाली सेनाका जंगी अड्डा, इटहरी, धनकुटा, धनुषा, बारा, हेटौंडा, सिन्धुली, उपत्यका पृतना नारायणहिटी, पोखरा, बाग्लुङ, रूपन्देही, नेपालगञ्ज, दाङ, सुर्खेत, जुम्ला र दीपायल कार्यालयमा भर्ना गरिने छ।
आवेदन मंसिर २४ गतेसम्म दिनुपर्नेछ। दोब्बर दस्तुर तिररे पुस २ सम्म पनि दिन मिल्नेछ। आवश्यक योग्यतासहितको बिस्तृत विवरण तलको बिज्ञापनमा पढ्न सकिन्छ।

































प्रतिक्रिया