सम्माननीय महामहिम राष्ट्रपतिज्यु,
म नेपाल र नेपालीलाई माया गर्ने एक नेपाली हुँ ।
आज १८ करोडको गाडी किन्ने विषयले हजुरको जताततै विरोध भैरहँदा मलाई हजुरको लागी एउटा पत्र लेख्न मन लाग्यो ।
जुन देशका नागरिकहरु औषधी उपचारको अभावमा मरिरहेका छन ,पोषणयुक्त खाना खान नपाएर हजारौं बालबालिका कुपोषणको शिकार भएका छन् त्यो देशको राष्ट्रप्रमुखको हैसियतले हजुरलाई कसरी १८ करोडको गाडी चढ्न मन लागेको होला ? सोध्न चाहन्छु ।
समृद्द देशका राष्ट्रप्रमुखहरु पैदल हिडेर कार्यालय गएको, साईकल चडेर हिंडेको त हजुरले पनि समाचारमा त सुन्नु नै भएको होला ।
राष्ट्रपतिज्यु,
आज नेपालकी छोरी शृङ्खला खतिवडा विश्व सुन्दरी प्रतियोगिताको मन्चमा नेपालको शान बढाउदै छिन, विश्वमा नेपाल चिनाउदै छिन् ।
बलात्कार पछी निर्मम हत्या गरिएकी स्व. निर्मला पन्तका बुवा यो देशमा न्यायको भिख माग्दा माग्दै मानसिक सन्तुलन गुमाउन पुगेका छन् ।
हजुर यी दुई छोरीहरुको विषयबारे पक्कै पनि जानकार नै हुनु हुन्छ होला । हजुर त नेपालको राष्ट्रप्रमुख अनि सम्पुर्ण नेपाली नारिहरुको आमा समान हुनुहुन्छ । तपाईकी छोरी निर्मला पन्तको निर्मम हत्या गर्ने हत्यारा पक्रन र उसको परिवारलाई न्याय दिलाउन एउटी आमाको नाताले तपाईले पहलकदमी लिनु पर्ने हैन र ?
दिनदिनै तपाईका छोरीहरु बलात्कार भैरहँदा कुन खुशीयालीमा १८ करोडको गाडी चढ्न मन लागिराछ राष्ट्रपतिज्यु ?
तपाईंकी छोरी शृङ्खला खतिवडालाई विश्व सुन्दरीको ताज पहिराउन विश्वभरिका नेपालीहरु लागिरहँदा तपाईंको चैं के गरिरहनु भएको छ राष्ट्रपतिज्यु ?
त्यसैले अहिले १८ करोडको गाडी चढ्नुको साटो स्व निर्मला पन्तको परिवारलाई न्याय दिलाउन र विश्वसुन्दरीमा शृङ्खला खतिवडालाई जिताउन तपाई लाग्नु भयो भने सबैभन्दा ठुलो जित तपाईंको हुनेछ राष्ट्रपतिज्यु ।
बरु त्यो १८ करोडले स्व निर्मला पन्त र शृङ्खला खतिवडाको नाममा ९,९ वटा विद्यालय बनाईदिनु भयो भने पढ्न नपाएका तपाईंका धेरै छोराछोरीले पढ्न पाउँछन् । त्यो खुशी तपाईंले अर्बौं रुपैयाँमा पनि किन्न सक्नुहुन्न राष्ट्रपतिज्यु ।
महान त त्यो हुन्छ जो आफ्नो लागी हैन अरुको लागी बाँच्छ ।
तपाईंसँग पनि यो अवसर छ खेर नफाल्नु होला ।
-उही नेपाल र नेपालीलाई माया गर्ने तपाईंको छोरो : कुमार कट्टेल
हेरौं यो भिडियोमा :





























प्रतिक्रिया