पाथीभरा केवलकारको निर्माण तत्कालका लागि रोक्न सर्वोच्चको आदेश

पाथीभरा केवलकारको निर्माण तत्कालका लागि रोक्न सर्वोच्चको आदेश

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केवलकार परियोजनाका कामहरू तत्कालका लागि रोक्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

अदालतले अन्तरिम आदेशको टुंगो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितीमा राख्न सरकार तथा निर्माण कम्पनीका नाममा आदेश दिएको हो । अन्तरिम आदेशका लागि भने छलफल गर्न २६ चैतमा दुवै पक्षलाई बोलाइएको छ ।

धार्मिक आस्थालाई देखाउँदै पाथिभरामा केवलकार निर्माण गर्न नहुने भन्दै यामबहादुर लिम्बु लगायतले रिट दायर गरेका थिए ।

गत माग १२ गतेको झडपदेखि राष्ट्रिय स्तरमै चर्चामा आएको पाथीभरा मुक्कुमलुङ क्षेत्रमा केवलकार बन्नुहुँदैन र बन्नुपर्छ भन्ने पक्षबीच भइरहेको विवाद अझै किनारा लागेको छैन । केवलकार विवादमा स्थानीयवासीदेखि जनप्रतिनिधि बनाउनुपर्छ भन्ने पक्षमा देखिएका छन् । केवलकार बनाउनुपर्छ भन्ने पक्षमा ९९ प्रतिशत स्थानीयवासी नै रहेको जनप्रतिनिधिहरु बताउँदै आइरहेका छन् । तर, केही पक्षधर भने यसको विरोधमा उत्रिँदा समस्या आएको हो ।

Logo