नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा केही समय अघि केन्द्रीय समिति बैठक सुरु भएको हो । बैठकमा महामन्त्री पूर्ण बहादुर खड्काको संयोजकत्वमा गठित विधान मस्यौदा समितिले आफ्नो प्रतिवेदन पेश गर्दैछ ।
आज प्रस्तुत हुने विधान अध्ययनका लागि केन्द्रीय सदस्यहरुलाई केही दिनको समय उपलब्ध गराउने पार्टी नेतृत्वले जनाएको छ । निर्धारित समय भित्रै विधान मस्यौदा टुंगोमा पुग्न नसकेपछि महासमिति बैठकको मिति सारेर मंसिर २८ मा पुर्याईएको छ ।
यसअघि मंसिर ९ गतेका लागि तोकिएको थियो । प्रस्तावित विधान मस्यौदामा केन्द्रीय सदस्यको संख्या ८५ बाट बढाएर १ सय ४१ पुर्याउने प्रस्ताव गरिएको छ ।
पदाधिकारीको संख्यालाई भने यथावत राख्ने प्रस्ताव गरिएको छ ।
साथै साधारण र क्रियाशिल भनी दुई प्रकारका सदस्यहरुको प्रकृति पनि एउटै बनाउने प्रस्ताव गरिएको छ ।





























प्रतिक्रिया