विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफुहरुलाई आतंककारीको पुष्टी गरेर देखाउन सरकारलाई चुनौति दिएको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले सनिबार राजधानीको भृकुटीमण्डमा गरेको जनसभालाई सम्बोधन गर्दै प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले आतंककारीको पुष्टी गर्न सरकारलाई चुनौति दिएका हुन् ।
सरकारको कार्यशैलीबाट आफुहरुले वर्तमान सरकारलाई सामाजिक रुपको दलाल पुँजीवादी सरकार हो भनेर संस्लेषण गरेको उनले उल्लेख गरे । आफुहरुलाई गर्ने व्यवहार लगायत सरकारका सबै घटनाक्रमले दलाल पुँजीपति वर्गको सरकार भएको पुष्टी गरिरहेको दाबी पनि उनले गरे । आफुहरुलाई सरकारले आतंकारीको जस्तो व्यवहार गरेकोमा आक्रोश पोख्दै उनले पुष्टी गरेर देखाउन चुनौति दिए ।





























प्रतिक्रिया