काठमाडौं बन्यो विश्वकै प्रदूषित शहर

काठमाडौं बन्यो विश्वकै प्रदूषित शहर

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । काठमाडौंको वायु विश्वकै प्रदूषित बनेको छ ।

स्विट्जरल्याण्डस्थित प्रदूषण मापन गर्ने संस्था आईक्यूएअरका अनुसार सोमबार बिहान काठमाडौंको वायु विश्वकै प्रदूषित बनेको पाइएको हो । वायु प्रदूषणको अवस्था २५३ एक्यूआई पुगेको छ । एक्यूआई १५० भन्दा माथि पुगेपछि मानिसका लागि अस्वस्थ मानिन्छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रदूषित हावाका कारण दम, श्वासप्रश्वासका रोग, मुटुरोग, क्यान्सरलगायत रोगको जोखिम बढ्छ । सडकको धुलो, धुवाँ र आगलागी प्रदूषणको मुख्य कारण भएको बताइएको छ ।

काठमाडौंपछि विश्वकै खराब शहरहरूमा भारतको दिल्ली, पाकिस्तानको लाहोर, इजिप्टको कायरोलगायतका शहर छन् ।

Skip This
Skip This
Logo