काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनप्रतिदिन रेकर्ड राख्दै गएको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज सोमबार सुनको मूल्य आइतबारको तुलनामा तोलामा १ हजार १०० रुपैयाँ बढ्दै १ लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको हो । जुन मूल्य आजसम्मकै उच्च हो ।
यसैगरी चाँदीको मूल्य पनि बढेको छ । आज तोलामा १० रुपैयाँले बढेर २ हजार ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।































प्रतिक्रिया