निर्माणाधीन भोजपुर बसपार्क अलपत्र बन्दा लाखौको लगानी बालुवामा पानी जस्तै भएको छ । पाँच वर्ष अगाडि भोजपुर सदरमुकाम नजिकै निर्माण थालिएको उक्त बसपार्क अलपत्र बनेको हो । "/>

बसपार्कको लगानी बालुवामा पानी

बसपार्कको लगानी बालुवामा पानी

केन्द्रबिन्दु
0
Shares

निर्माणाधीन भोजपुर बसपार्क अलपत्र बन्दा लाखौको लगानी बालुवामा पानी जस्तै भएको छ । पाँच वर्ष अगाडि भोजपुर सदरमुकाम नजिकै निर्माण थालिएको उक्त बसपार्क अलपत्र बनेको हो । 

भोजपुर नगरपालिका–७ मा निर्माण थालिएको बसपार्कलाई निरन्तरता नदिँइदा सम्याएको ठाउँ पनि पानीले छियाछिया बनाएको छ भने ठाउँठाउँमा लगाएको पर्खालसमेत भत्किएका छन् । त्यस्तै शौचालय तथा अन्य संरचना पनि जीर्ण बनेका छन् । अहिले निर्माणस्थल झाडीमा परिणत भएको छ भने थोरै रहेको खाली ठाउँमा पनि सामग्री भण्डार गर्ने स्थल बनेको छ तर स्थानीय तहका जनप्रतिनिधि भने निर्माण कार्यलाई कस्ले निरन्तरण दिने भन्ने विषयमा अलमलमा रहेको बताउँछन् । 

वडा नं ७ का अध्यक्षले भने, “यो निर्माणमा करीब रु ४० लाख खर्च भइसकेको छ तर स्थानीय तह कार्यान्वनमा आएपछि स्थानीय सरकार वा कस्ले काम गर्ने भन्ने अन्योल छ ।” शुरुमा कोदार भौतिक पूर्वाधार समितिले निर्माणको जिम्मा लिएर रु २० लाख खर्च गरेको र अर्को पटक आरएनआर निर्माण सेवा प्रालिले पनि रु २० लाख लिएर काम गरेर छोडेको उनले जानकारी दिए । स्थानीय तहले तगत वर्ष केही रकम विनियोजन गरे पनि यस वर्ष भने रकम रकम विनियोजन नगरेको वडाध्यक्ष तामाङले बताए । 

करीब पाँच रोपनी जमीनमा निर्माण थालिएको बसपार्कमा शुरुमा सुरक्षा नभएको तथा अपायक परेको भन्दै व्यवसायीले बस लगेका थिएनन् । त्यसपछि लामो समयसम्म निर्माण कार्यमा चासो नदिइँदा समस्या भएको हो । बसपार्क विविध कारणले अन्यत्र सार्नुपर्ने बाध्यता रहेको भनाइ बस व्यवसायीको थियो । 

यातयात इञ्चार्ज महेश राईले भने, “हामीले शुरुमा सुरक्षाका कारण बस नलगेका हौँ तर अहिले जीर्ण बसपार्कलाई स्तरोन्नति गरेर सुरक्षाको प्रत्याभूति दिए हामी बस लैजान तयार छौँ ।” बसपार्क निर्माणमा ढिलाइ हुँदा यातयात व्यवस्थापनमा समस्या हुने गरेको व्यवसायीको गुनासो थियो ।

Skip This
Skip This
Logo