काठमाडौँमा टिप्परको ठक्करबाट माइक्रो चालकको मृत्यु

काठमाडौँमा टिप्परको ठक्करबाट माइक्रो चालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौंमा शनिबार बिहान भएको छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । 

शनिबार बिहानै साढे ३ बजेतिर काठमाडौंकै बल्खुमा टिप्परको ठक्करबाट माइक्रोचालकको ज्यान गएको छ । बा ४ ख ९५७५ नम्बरको टिप्परले बा १ ज ८८५५ नम्बरको माइक्रोलाई ठक्कर दिँदा घाइते भएका सिन्धुपाल्चोकका ६४ वर्षका बाबुकाजी श्रेष्ठको वयोधा अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि फरार रहेका टिप्पर चालकको खोजी भैरहेको प्रहरीले जनाएको छ । 

त्यस्तै बिहान पौने ५ बजेतिर कोटेश्वरमा भाटभटेनी अगाडि ना ६ ख ५५९२ नम्बरको ट्रकमा ना ५ ख ४०२६ नम्बरको बस ठोक्किँदा बसमा सवार सर्लाहीको मुलुङगा घर भई काठमाडौंको तिलगंगा बस्दै आएका ७१ वर्षीय शम्भू परियारको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते भएकी शम्भूकी श्रीमती रिता र सर्लाही ढुंग्रेखोलाका डम्बर श्रेष्ठको ललितपुरको ग्वार्कोमा रहेको बीएण्डबी अस्पतालमा उपचार भैरहेको छ ।

Skip This
Skip This
Logo