‘लाज शरणम्’का कुपोषित विकास रहेनन्

‘लाज शरणम्’का कुपोषित विकास रहेनन्

केन्द्रबिन्दु
99
Shares

काठमाडौं । हलमा प्रदर्शनरत चलचित्र ‘लाज शरणम’ मा महत्वपूर्ण भूमिका निभाएका १५ वर्षीय बालक विकास केसीको कुपोषणबाट निधन भएको छ ।

केसी फिल्ममा पनि कुपोषित बालककै पात्रका रुपमा देखिएका थिए ।

चलचित्रको सुटिङपछि निर्माण पक्षले तत्काल उनलाई उपचारका लागि ग्रीन सिटी अस्पताल ल्याएको थियो । सो अस्पतालले कान्ति बाल अस्पताल रिफर गरेतापनि उपचार सम्भव नभएको भनेर फर्काइएको थियो र आज निधन भएको कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले बताए ।

‘सुटिङ् समयमा उहाँको स्याहार र परिवारको सहजताका लागि खानेकुरा, लत्ता कपडा र सञ्चारका लागि मोवाइल उपलब्ध गराएका थियौँ । चलचित्रसँग उहाँलाई भेट गराउने, उपचारका लागि ल्याउने लैजानेसहित पारिवारिक दायित्व निर्वाह गर्ने गीतकार संगीतकार वसन्त उदासको सहजीकरणका कारण विकासलाई हामीले केही सहयोग गर्न पायौँ । तर, कसैको नजरमा नपरेका कति बालबालिका दुखद मृत्युवरण गरिरहेका होलान् । कल्पना गर्न सकिन्छ ।’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

केसीको परिवारमा बुवा, आमा दिदी र भाइ छन् । भाइ पनि कुपोषित छन् ।

Logo