काठमाडाैं । निसान मोटर इन्डियाले आफ्नो हालको प्रोडक्ट-लाइनअपमा नयाँ सेभेन-सिटर बि-एमपिभि थप्ने घोषणा गरेको छ । हालसालै जापानको योकोहामामा सम्पन्न ‘ग्लोबल प्रोडक्ट सोकेस इभेन्ट’मा निसानले भारतको लागि लक्षित दुई नयाँ उत्पादनहरू प्रदर्शनसमेत गरेको थियो ।
यो घोषणा, निसानको भारत बजारको लागि लक्षित योजनाअनुरुप छ, जसअन्तर्गत आफ्ना ग्राहकहरूको बढ्दो आकांक्षाअनुरुप हालका उत्पादनहरूलाई परिमार्जन गरी प्रस्तुत गर्ने तयारी रहेकाे कम्पनीकाे भनाइ छ । यसअन्तर्गत परिमार्जित गाडीहरू तीव्र गतिमा वृद्धि भइरहेको बि-एमपिभि, सि-एसयुभि जस्ता सेगमेन्टका साथै नयाँ निसान म्यागनाइटले नेतृत्व गरेको बि-एसयुभि सेगमेन्टमा पनि उपलब्ध गराइनेछ । निसानको लागि नेपालको आधिकारिक वितरक पायोनियर मोटो कर्पले नेपाली बजारमा पनि यो लाइन-अप सार्वजनिक गर्ने घोषणा गरेको छ ।
निसानको नयाँ सेभेन-सिटर बि-एमपिभि-मल्टि-पर्पस भिहेकल)को पहिलोपटक विश्वव्यापी सार्वजनिक प्रदर्शनसँगै निसानको ‘प्लान्ड प्रोडक्ट-अफेन्सिभ’ रणनीति सुरू भएको छ । उक्त सेभेन-सिटर, निसानको भारतको प्रोडक्ट-पोर्टफोलियोमा नयाँ (ब्रान्ड-न्यु) सदस्यको रूपमा थपिने छ, जुन सन् २०२५ को आर्थिक वर्षमा सार्वजनिक गरिने छ ।

त्यसपछि, पहिले नै घोषणा गरिएको फाइभ-सिटर सि-एसयुभि (कम्प्याक्ट स्पोर्ट्स युटिलिटि भिहेकल) आर्थिक वर्ष सन् २०२६ को सुरुवातमा सार्वजनिक गरिनेछ । कम्पनीले दुई नयाँ टिजरहरू सार्वजनिक गरेको छ जसले दुवै सवारी साधनहरूको ‘डेभलवमेन्ट र टाइमलाइन’ पुष्टि गर्दछ । बि/सि र डिएसयुभि सेगमेन्टका भारतीय ग्राहकहरूका लागि ४ नयाँ उत्पादनहरू सार्वजनिक गर्ने लक्ष्यतर्फ नै निसान मोटर इन्डिया अघि बढिरहेको छ ।
नयाँ सि-एसयुभि, निसान पट्रोलको डिजाइनबाट प्रेरित छ । यो सि-एसयुभिले प्रतिष्ठित निसान एसयुभिको डिएनए प्रस्तुत गर्दै निसानको विश्वव्यापी रूपमा परिचित उच्च विश्वसनीयता, प्रिमियम निर्माणशैली, र अत्याधुनिक प्रविधि प्रदान गर्नेछ ।
अर्कोतर्फ निसानको सेभेन-सिटर बि-एमपिभिले आफ्नो खरिदमा अधितम लाभ खोज्ने ग्राहकहरूलाई उत्कृष्ट मूल्यमा उत्कृष्ट फाइदा, गुणस्तर र सहजता प्रदान गर्नेछ । निसानको बि-एमपिभिले निसानको विशिष्ट डिजाइन फिलोसोफिमा पृथक रहेको ‘मस्कुलर स्टाइलिङ’ प्रस्तुत गर्नेछ । यो बि-एमपिभि, सवारीको आनन्दमा सम्झौता नगरीकन सबै यात्रुहरूका लागि उत्कृष्ट आराम सुनिश्चित हुनेगरी डिजाइन गरिएको कम्पनीकाे भनाइ छ ।
भारतको वार्षिक आन्तरिक विक्री र निर्यात (एनुअल डोमेस्टिक सेल्स एन्ड एक्स्पोर्टस्)मा एक लाख इकाईको महत्त्वाकाङ्क्षी लक्ष्य हासिल गर्ने दिशामा निसान अघि बढिरहेको छ । यस लक्ष्यलाई साथ दिन, कम्पनीले दुवै नयाँ उत्पादनहरू चेन्नइस्थित ‘अलायन्स जेभि प्लान्ट’मा स्थानीय रूपमा नै उत्पादन गर्नेछ ।





























प्रतिक्रिया