सडकमा उत्रिए शिक्षक-कर्मचारी, नारा- ‘कि जितिन्छ कि बितिन्छ’ [फोटोफिचर]

सडकमा उत्रिए शिक्षक-कर्मचारी, नारा- ‘कि जितिन्छ कि बितिन्छ’ [फोटोफिचर]

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । शिक्षक र विद्यालय कर्मचारीहरुले अनिश्चितकालिन सडक आन्दोलन सुरु गरेका छन् । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले बुधबार माइतीघरदेखि बिजुलीबजारसम्म प्रदर्शन ¥यालीसहित आन्दोलन सुरु गरेको हो ।

उनीहरुले विगतमा भएका सबै सहमति सम्बोधन हुने गरी नयाँ विद्यालय शिक्षा ऐन जारी गर्न दबाब स्वरूप प्रदर्शन गरेका हुन् । आन्दोलनमा देशैभरबाट १७ थरीका शिक्षक र विद्यालय कर्मचारीहरु सहभागी रहेका छन् । हजारौंका सङ्ख्यामा रहेको शिक्षक, कर्मचारीहरु ‘हाम्रो माग पूूरा गर, शिक्षा ऐन जारी गर’ जस्ता नारा लगाएका छन् । साथै उनीहरुले ‘कि जितिन्छ कि वितिन्छ, विगतका सम्झौता कार्यान्वयन गर’ जस्ता पम्प्लेट प्रदर्शन गरेका छन् ।

माग पूरा नभएसम्म सडक आन्दोलन जारी राख्ने शिक्षकहरुले बताएका छन् । त्यसैगरी शिक्षा ऐनको सम्बन्धका सुतेको सरकारलाई झक्झक्याउन सडक आन्दोलन सुरु गरेको दावी गरे । शिक्षकहरुले आन्दोलनको अवधिभर एसइईको उत्तरपुस्तिका नजाँच्ने भन्दै सरकारलाई चेतावनी समेत दिएका छन् ।

Logo