पूर्वराजाले अस्थिरता मच्चाए -महासचिव पोखरेल

पूर्वराजाले अस्थिरता मच्चाए -महासचिव पोखरेल

केन्द्रबिन्दु
30
Shares

इटहरी (सुनसरी) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा अस्थिरता निम्त्याएको आरोप लगाएका छन् ।

एमाले सुनसरी जिल्ला कमिटीले आज इटहरीमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले जनतामा भ्रम छर्दै देशमा अराजकता मच्चाउन पूर्वराजा सक्रिय भएको आरोप लगाएका हुन् ।

गणतन्त्रको स्थिरताका लागि पूर्वराजाविरुद्ध पुनः एकपटक प्रतिकार गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले भने, “गणतन्त्र सजिलै ढल्दैन, शाही परिवारकै तानासाका कारण जनताले ल्याएको गणतन्त्रको विकल्प पुनःशाहीतन्त्र हुन सक्दैन ।”

उनले गणतन्त्रको पक्षमा जनताको विचार र सोचलाई उठाउन जरूरी रहेको बताए । उनले भने, “यो मुलुकमा परिवर्तन सर्वसाधारणको त्याग र बलिदानले आएको हो, कुनै व्यक्तिको कृपाले होइन ।”

महासचिव पोखरेलले चैत १५ गते घटेको घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने र उनी नै मुख्य जिम्मेवार भएको तर्क गरे । उनले भने, “पूर्वराजा अस्तिरताको कारण हुन्, उहाँले सरकार र ज्ञानेन्द्र शाहको बीचमा भएको सम्झौता विपरीत गतिविधि गरेका छन् ।”

Logo