बार्सिलोना कोपा डेलरे फाइनलमा, उपाधिका लागि रियलसँग भिड्ने

बार्सिलोना कोपा डेलरे फाइनलमा, उपाधिका लागि रियलसँग भिड्ने

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । स्पेनिस क्लब बार्सिलोना कोपा डेलरे फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लिगमा बार्सिलोनाले एट्लेटिको म्याड्रिडलाई १-० गोल अन्तरले पराजित गरेसँगै समग्रमा ५-४ को नतिजासहित फाइनलमा पुगेको हो ।

बार्सिलोनाको जितमा फेरान टोरेसले गरेको एकमात्र गोल नै निर्णायक बन्न पुग्यो । उनले खेलको २७औं मिनेटमा अग्रता दिलाएका थिए । पछि थप गोल हुन सकेन ।

यसअघि पहिलो लेगमा बार्सिलोना र एट्लेटिकोले ४-४ गोलको बराबरी खेलेका थिए ।

अब बार्सिलोनाले उपाधिका लागि रियल म्याड्रिडको सामना गर्नेछ । म्याड्रिडले रियल सोसियडाडलाई पराजित गर्दै फाइनलमा पुगेको हो । फाइनल खेल अप्रिल २६ मा हुने छ ।

Logo