काठमाडौं । रोयल इन्फिल्डले एकैवर्षमा १० लाख युनिट बिक्री गरेर रेकर्ड कायम गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०२४–२५ मा १० लाख ९ हजार ९०० मोटरसाइकल बेचेको हो । यो दर हासिल गरेको कम्पनीले इतिहासमै पहिलोपटक रहेको बताइएको छ । रोयल इन्फिल्डको वार्षिक बिक्री आर्थिक वर्ष २०२३–२४ को तुलनामा ११ प्रतिशतले बढेको छ । मार्च २०२५ को बिक्री पनि ३४ प्रतिशतले बढेर १ लाख १ हजार २१ युनिट पुगेको छ ।
२०२४–२५ मा रोयल इन्फिल्डले भारतीय बजरमा ९ लाख २ हजार ७५७ युनिट बिक्री गरेको छ भने निर्यात समेत ३७ प्रतिशतले बढाएर १ लाख ७ हजार १४३ युनिट पुर्याएको छ । कम्पनीले नयाँ मोडलका रुपमा गुरिल्ला ४५०, वियर ६५०, क्लासिक ६५०, स्क्राम ४४० र गोआन क्लासिक ३५० जस्ता नयाँ मोडल ल्याएको थियो ।





























प्रतिक्रिया