काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल स्काउटको राष्ट्रिय कार्य समिति पुनर्गठन गरेका छन् ।
मन्त्री चौधरीले समितिमा सदस्यहरु फेरबदल गरेर नयाँ समिति गठन गरेका हुन् । पुनर्गठनपछि १४ सदस्यीय कार्य समिति बनेको छ । देवराज घिमिरे प्रमुख आयुक्त रहेको कार्य समितिलाई बिहीबार नै शपथग्रहण समेत गराइएको छ । गत चैत ५ गते गठित कार्य समितिमा सदस्य र आयुक्तहरू थप गरी नयाँ कार्य समिति गठन गरिएको हो ।
मन्त्री चौधरीले गठन गरेको नयाँ कार्यसमितिको सूची यस्तो छ :
१. देवराज घिमिरे :प्रमुख आयुक्त
२. इन्दु सुवेदी :सह–प्रमुख आयुक्त (महिला विभाग)
३. कमल बहादुर देउजा : सह–प्रमुख आयुक्त (पुरुष विभाग)
४.भुबन सुब्बा :राष्ट्रिय शैक्षिक पद्धती आयुक्त (महिला विभाग)
५.सन्तोष कुमार थापा :राष्ट्रिय शैक्षिक पद्धती आयुक्त (पुरुष विभाग)
६. स्मृती बराल : अन्तराष्ट्रिय आयुक्त (महिला विभाग) एवं प्रवक्ता
७. अरुण बस्नेत : राष्ट्रिय सुशासन, श्रोत विकास तथा वित्त आयुक्त
८. जहर सिंह थापा :राष्ट्रिय कार्यकारी समिति सदस्य (जन सम्पर्क विभाग)
९. सुरज खनाल :राष्ट्रिय कार्यकारी समिति सदस्य (सदस्यता वृद्धी विभाग)
१०. सुस्मिता श्रेष्ठ :राष्ट्रिय कार्यकारी समिति सदस्य (वाग्स परियोजना विभाग)
११ नारायण बहादुर कार्की : राष्ट्रिय कार्यकारी समिति सदस्य (संचार विभाग)
१२. अशोक कुमार थापा मगर :राष्ट्रिय कार्यकारी समिति सदस्य (विपद् व्यवस्थान विभाग)
१३. बसन्तलाल शाक्य : राष्ट्रिय कार्यकारी समिति सदस्य (ग्रामीण विकास विभाग)
१४. सुदर्शन प्रसाद भट्टराई : राष्ट्रिय कार्यकारी समिति सदस्य (सामुदायीक विकास विभाग)































प्रतिक्रिया