काठमाडौं । चर्चित क्रिकेटर सन्दीप लामिछानेले विश्व क्रिकेटमा अर्को महत्वपूर्ण छलाङ मारेका छन् । युवा बलर सन्दीप पाकिस्तान सुपर लिग (पीसीएल) मा छनौट भएपछि उनी फेरि चर्चाको शिखरमा पुगेका हुन् । उनी पाकिस्तानको लाहोर कलन्दर्समा गत मंगलबार भएको ड्राफ्टमा गोल्ड श्रेणीमा परेका हुन् ।
खुसीको कुरा त के छ भने लाहोरले पिक वानमै सन्दीपलाई लिएको हो । गोल्डबाट छानिएका खेलाडीले कम्तीमा ५० र बढीमा ७० हजार अमेरिकी डलर पारिश्रमिक पाउने छन् ।
सन्दीपलाई पिसीएलमा कति पारिश्रमिकमा लिइएको हो, भन्ने निश्चित नभएपनि उनले ६० हजार डलरसम्म लिएको आम अड्कल रहेको छ । अर्थात उनी एउटै सिजनकालागी ६८ लाख रूपैंयामा अनुबन्धित भएका छन् ।
सन्दीपको टोली लाहोरमा दक्षिण अफ्रिकाका एबी डी भिलियर्स, न्युजिल्यान्डका कोरे एन्डरसन, कार्लोस ब्रेथवेट, हरिश सोहेल, मोहम्मद हफिज, ब्रेन्डन म्याकुलम, एन्टोन डेभसिच लगायतका खेलाडी रहेका छन् ।





























प्रतिक्रिया