काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई रोक्न महानगर प्रहरी परिचालन गरिएको छ ।
गुरागाईंले आजबाट काममा फर्कने तयारी गरेपछि प्रहरी तैनाथ गरेर उनलाई गेटमै रोक्न खोजिएको हो । महानगरले आधिकारिक प्रक्रिया पूरा नगरी काठमाडौं भ्यू टावरको नक्सा पार गरेको भन्दै उनीमाथि छानबिन समेत गरेको थियो र जिम्मेवारीबाट हटाएको थियो । हाल प्रमुख प्रशासकीय अधिकृत बन्दा महानगरका कर्मचारी लामोसमय देखि तलबविहीन छन् ।
चालु खातामा रकम ट्रान्सफर गर्ने अधिकार प्रमुख प्रशासकीय अधिकृतको हुन्छ । प्रमुख प्रशासकीय अधिकृतको अभावमा कर्मचारीलगायत अन्य भुक्तानी हुन सकेको छैन । आर्थिक कारोबारको अधिकार संघीय सरकारले पठाएका अधिकारीलाई मात्र हुने प्रावधान हुँदा महानगरमा निमित्त जिम्मेवारी पाएर पनि चलाउन नसक्ने अवस्था आएको हो ।
गुरागाईंले अनियमित तवरबाट काठमाडौं टावरको नक्सापास गरिदिएको आरोप मेयर बालेन शाहले लगाएका थिए । सोही आरोपमा छानबिन गर्ने भन्दै उनले गुरागाईंलाई कार्यालय आउन दिएका छैनन्, तर आफैंले गठन गरेको छानबिन समितिले गुरागाईं निर्दोष रहेको निचोड निकालेपछि बालेनले प्रतिवेदन नै बुझ्न मानेका छैनन् ।





























प्रतिक्रिया