काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोलबीच प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर मतभेद देखिएको छ । महानगरका मेयर बालेनको दबाब सहन नसकेर गत पौष सात गतेदेखि विदामा बसेका महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं बिहीबार नियमित काममा फर्केपछि मेयर र उपमेयरबीचकाे विवाद पुनः सतहमा आएको हाे ।
मेयरलाई काठमाडौं महानगरभित्र देखिएको समस्या समाधान गर्न सरकारले गुरागाईंलाई नियमित कार्यालयमा हाजिर हुन निर्देशन दियो । तर बालेनले भने गुरागाईंलाई गेटमै रोक्न आज ठूलो मात्रामा नगर प्रहरी परिचालन गर्याे । यहीबीच उपमेयर डंगोलले भने अधिकृत गुरागाईंलाई कार्यालयमा प्रवेश गराएर नियमित काम गर्न आग्रह गर्दै मेयर शाहले परिचालन गरेको नगरप्रहरीको भिडलाई खुलाउन सहयोग गरिन् ।
बालेनको निकै हक्की स्वभाव छ । उनी देशको प्रधानमन्त्रीलाई समेत खुलेर मान्दैनन्, मानेपनि बेलाबेला सामाजिक संचालबाट हुन आक्रमक अभिव्यक्तिहरु सार्वजनिक गर्छन् । उनी जति चर्चामा छन्, त्यति नै विवादमा पनि छन् । उनले अनौपचारिक विवादास्पद अभिव्यक्ति सामाजिक संजालमा सार्वजनिक गर्नाले उपमेयर डंगोललाई समेत बेला–बेला अफ्ठ्यारो पर्ने गरेको छ । त्यही भएर उपमेयर डंगोल मेयर बालेनलाई स्टन्टबाजी गर्नुभन्दा पनि महानगरभित्र देखिएका समस्याहरुलाई वार्ताको माध्यमबाट समाधान गर्न सुझाव गर्दै आएकी छिन् ।
यस्तै बिहीबार पनि मेयर बालेनले प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं कार्यालयमा हाजिर हुन नदिने रणनीति बनाएपछि उपमेयर डंगोलले उनलाई कार्यालयमा प्रवेश गराउन सहयोग गर्दै अगाडी बढेपछि नगर प्रहरीले हस्तक्षेप गर्दा तनाव सिर्जना भएको थियो ।
गुरागाईंलाई कार्यालयमा पुनः हाजिर हुन नदिने रणनीतिले बालेनले नगरप्रहरी नै परिचालन गरे । तर उपमेयर डंगोल लगायतका जनप्रतिनिधिहरु कर्मचारीहरुले अधिकृत गुरागाईंलाई रोक्न नदिइ ढाेका नै फुटाएर उनलाई कार्यालय प्रवेश गराएर स्वागत गरे ।
तर मेयर बालेन चुप लागेर बसे । आन्तरिक निर्देशनमा प्रहरीको हस्तक्षेप भएपछि अहिले मेयर बालेनको गतिविधिप्रति चौतर्फी आलोचना भइरहेको छ ।
उपमेयर सुनिता डंगोलले कोठामा बसेर निर्देशन नदिन मेयर शाहलाई चेतावनी पनि दिएकी छिन् । महानगरभित्र आन्तरिक र बाह्य थुप्रै समस्या भएपनि मेयरको घमण्डाका कारण आफूलाई समेत बाधा परेको उनले बताएकी छिन् । नगर प्रहरीले रोक्न खोजेपछि कर्मचारीले गुरागाईंको कार्यकक्ष प्रवेशद्वारमा तोडफोड पनि गरे ।
मेयर डंगाेलले आन्तरिक छलफलको माध्यमबाट समस्या समाधान गर्न बैठक राखिन् । बैठकमा उनले हरेक घटनाक्रमबारे आफूहरू जानकार रहेको भन्दै कोठामा बसेर निर्देशन नदिन मेयर शाहलाई कडा चुनाैती दिइन् । अब महानगरले सो विवाद समाधान गर्न पहल गर्दै अघि बढ्ने उनकाे भनाइ छ ।
मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अधिकृत हाजिर गर्न आउँदा महानगरभित्र यस्तो झडप आउनु राम्रो नभएको भन्दै उनले उपमेयर शाहलाई मनपरि ढंगबाट अगाडि नबढ्न सझाव दिएकी हुन् । हाल काठमाडौं महानगरपालिकाका कर्मचारीहरुले विगत तीन महिनादेखि तलब पाएका छैनन् । केही समयअघिदेखि कर्मचारीहरुले एक विज्ञप्ती गर्दै एक हप्ताभित्र आफूहरुले मासिक तलब पाउनुपर्ने भन्दै महानगरको ध्यानाकर्षण गराउँदै आएका छन् ।





























प्रतिक्रिया