रवीन्द्र र धवलशमशेरको स्वास्थ्यबारे के भन्यो अदालतले ?

रवीन्द्र र धवलशमशेरको स्वास्थ्यबारे के भन्यो अदालतले ?

केन्द्रबिन्दु
102
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाको स्वास्थ्य जाँच र उपचारको प्रबन्ध मिलाउन जिल्ला अदालतल काठमाडौंले आदेश दिएको छ । गत चैत्र १५ गते काठमाडौंँ उपत्यकाको तीनकुने क्षेत्रमा राजावादीले गरेको हिंशात्मक आन्दालनका क्रममा पक्राउ परेर हिरासतमा रहेका राप्रपा नेता थापा र शम्शेरको स्वास्थ्यमा समस्या देखिएको भन्दै उनीहरुको स्वास्थ्य अवस्थाप्रति गम्भिर हुन अदालतले आदेश दिएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राणा क्यान्सर ग्रतित हुन् भने वरिष्ठ उपाध्यक्ष मिश्रलाई कोलस्ट्रोल समस्या पीडित हुन् । उनीहरुले दैनिक औषधी सेवन गर्ने गरेकाले औषधी सकिएपछि अदालतले उनीहरुलाई स्वास्थ्य जाँच गराउन सुझाव दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौ‌को हिरासतमा मिश्र र राणालाई एउटै कोठामा राखिएको र पछि स्वास्थ्य अवस्थाका कारणपछि फरक कोठाको व्यवस्था मिलाइएको थियो ।

बिहीबार दोस्रोपटक म्याद थपका लागि अदालतमा उपस्थित गराएपछि अदालतले उनीहरुलाई स्वास्थ्य अवस्थाबारे गम्भिर हुन निर्देशन दिएको हो । अदालतले सो आदेश दिएपनि प्रहरीहरुले उनीहरुमा कुनै रोग नदेखिएको तर हिरासतमुक्त हुन विभिन्न बहान बनाएको दाबी गर्दै आएको छ ।

Logo