काठमाडौं । नेपालको मर्स्यांङ्दी नदिमा ‘जल खेलकुद प्रतियोगिता’ आयोजना हुने भएको छ । नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) ले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी शनिबार, आईतबार र सोमबार लमजुङस्थित मस्र्याङदी नदिमा जलखेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराएको हो । "/>

मर्स्यांङ्दी नदीमा जल खेलकुद प्रतियोगिता हुने

मर्स्यांङ्दी नदीमा जल खेलकुद प्रतियोगिता हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालको मर्स्यांङ्दी नदिमा ‘जल खेलकुद प्रतियोगिता’ आयोजना हुने भएको छ । नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) ले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी शनिबार, आईतबार र सोमबार लमजुङस्थित मस्र्याङदी नदिमा जलखेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

‘हिमालयन ह्वाईट वाटर च्यालेन्ज’ नाम दिइएको सो जल खेलकुद प्रतियोगिता ‘नेपाल पर्यटन वर्ष–२०२०’ लाई सफल बनाउने उद्देश्यका साथ आयोजना गरिएको नाराका महासचिव शिव अधिकारीले जानकारी दिए ।

प्रतियोगितामा ४ सय जना सहभागी हुनेछन् । प्रतियागितामा तीन वटा खेल संचालन हुनेछ । जस अनुसार कायक डाउन रिभर रेसमा प्रथम हुनेलाई ५० हजार, द्धितिय हुनेलाई ३० हजार र तृतिय हुनेलाई २० हजार नगदसहितको पुरस्कार प्रदान गरिनेछ ।

त्यसैगरी एक्ट्रिम कायक स्लालोम र बोटर क्रस गेममा प्रथम हुनेलाई ५० हजार, द्धितिय हुनेलाई ३० हजार र तृतिय हुनेलाई २० हजार नगदसहितको पुरस्कारको व्यवस्था गरिएको पनि महासचिव अधिकारीले बताए । प्रतियोगिताका लागि ४९ लाख ४२ हजार बजेट लाग्ने अनुमान गरिएको छ ।

 

Logo