यो वर्ष कै बहुप्रतिक्षित बलिउड फिल्म ‘२.०’ ले रिलिज पूर्व नै नयाँ रेकर्ड बनाएको छ । अक्षय कुमार र रजनीकान्त अभिनित फिल्म ‘२.०’ को लागि करिब १२० करोड रुपैयाँको एडभान्स बुकिङ भईसकेको छ ।
२.० को तमिलनाडुमा एडभान्स बुकिङ भएको छ । यो फिल्मले अभिताभ र आमिर अभिनित फिल्म ‘ठग्स अफ हिन्दूस्तान’ को ओपनिङ डे कलेक्शन ५२ करोडको रेर्कड पनि ब्रेक गर्ने अड्कल गरिएको छ ।
२.० अक्षय र रजनीकान्तको करियरकै महंगो फिल्म हो । यो फिल्म दुनिया कै टप टेन मेगा बजेट फिल्मको सूचीमा परेको छ । जसमा २.० नौं नम्बरमा पर्न सफल भएको छ ।
एस शंकर निर्देशित फिल्ममा अक्षय कुमार, रजनीकान्त र एमी ज्याक्सनको मुख्य भूमिका रहेको छ । २.० यहि नोभेम्बर २९ देखि रिलिज हुँदैछ ।































प्रतिक्रिया