सुनसरीमा अपहरण परेकी बालिकाको सकुशल उद्दार, मुख्य अभियुक्त पक्राउ

सुनसरीमा अपहरण परेकी बालिकाको सकुशल उद्दार, मुख्य अभियुक्त पक्राउ

केन्द्रबिन्दु
102
Shares

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–७ मुसहरी टोलका कुशेश्वर सदाको ४ बर्षीया छोरीको अपरहण भएको घटनाको २४ घण्टाभित्र बालिकाको सकुशल उद्दार गरी अपहरणमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी कन्चनरुप नगरपालिका–१२ धरमपुरका जितुवा भन्ने जितेन्द्र साह (हलुवाई) रहेका छन् ।

चैत्र २० गते दिउँसो पौने २ बजे ४ बर्षीया छोरी घर अगाडि खेल्ने क्रममा अपरिचित मानिसले सिटि सफारीमा चढाई अपहरण गरी लगेको भनि जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरी र कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुहबाट तत्काल प्रहरी टोली परिचालन गरी खोज तलासको क्रममा बिहीबार कोशी ब्यारेजको २६ नम्वर ढोकाको पुल माथिबाट बालिकालाई सकुशल उद्दार गरी आफन्तलाई जिम्मा लगाएको छ भने अपहरणमा संलग्न साहलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका साहको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान तथा आवश्यक कानुनी कारवाही भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

Skip This
Skip This
Logo