सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज रोमाञ्चक खेल हुँदैछ ।   ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेकसको खेल मैदानमा दिउँसो साढे २ बजे शुरु हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टार क्लबबीच खेल हुदैछ। "/>

सहिद स्मारक ‘ए’ डिभिजन लिग: आज रोमाञ्चक खेल हुँदै

सहिद स्मारक ‘ए’ डिभिजन लिग: आज रोमाञ्चक खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज रोमाञ्चक खेल हुँदैछ ।  ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेकसको खेल मैदानमा दिउँसो साढे २ बजे शुरु हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टार क्लबबीच खेल हुदैछ।  

यी दुवै टिम कट्टर प्रतिद्वन्द्वीको रुपमा चिनिन्छन। आज हुने खेलमा मनाङका ३ खेलाडीले खेल्न नसक्ने भएका छन्।  मिडफिल्डर सुजल श्रेष्ठ र प्रकाश बुढाथोकी घाइते छन् भने अफिज ओलावाले पनि दोहोरो पहेँलो कार्डको कारण बन्चित छन्।  

अहिले थ्रीस्टार लिगको शीर्ष स्थानमा र मनाङ दोस्रो स्थानमा छन् । थ्रीस्टारले यसअघिका दुवै खेल जित हात पार्दै ६ अंकका साथ् शीर्ष स्थानमा रहेको छ भने मनाङले पनि दुवै खेलमा जित हात पार्दै ६ अंक बनाएका छन्। तर गोलअन्तरका आधारमा मनाङ् दोस्रो स्थानमा रहेको छ ।

यो खेल हुनु अघि च्यासल युथ क्लब र न्युरोड टिम (एनआरटी)बीच खेल हुँदैछ। 

Skip This
Skip This
Logo