काठमाडौँ

भूूकम्पले ध्वस्त बनाएका देशभरका करिब ८ सय सम्पदा मध्ये हालसम्म करिव २ सय मात्र पुनर्निर्माण भएका छन् । "/>

भूकम्पले क्षति भएका सम्पदा पुनर्निर्माण मन्द गतिमा

भूकम्पले क्षति भएका सम्पदा पुनर्निर्माण मन्द गतिमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

भूूकम्पले ध्वस्त बनाएका देशभरका करिब ८ सय सम्पदा मध्ये हालसम्म करिव २ सय मात्र पुनर्निर्माण भएका छन् । चालू आर्थिक वर्षमा करिब १ सय ५० सम्पदा पुनर्निर्माण भइसक्ने पुरातत्व विभागले जनाएको छ ।

भूकम्पले विश्वसम्पदा सूचीमा सूचीकृत उपत्यकाका तीन वटा दरबार क्षेत्रका अधिकांश सम्पदा ध्वस्त बनाएकोमा करिब सय सम्पदा पुनर्निर्माण सम्पन्न भइसकेका छन् । विश्वसम्पदा सूचीमा सूचीकृत उपत्यकाका करिब १ सय ५० सम्पदा क्षतिग्रस्त भएको तथ्यांक छ । भक्तपुर दरबार क्षेत्र हेरचाह अड्डा प्रमुख मोहनसिंह लामाका अनुसार त्यहाँका १३ सम्पदाको पुनर्निर्माण सम्पन्न भइसकेको छ ।

उहाँका अनुसार भक्तपुर नगरपालिकाले ४, पुरातत्व विभागले ४ र अन्य निकायको सहयोगमा त्यहाँका १३ सम्पदाको पुननिर्माण सम्पन्न भएको हो । भक्तपुरको खौम गेट, बद्रीनाथ, केदारनाथ, दुई वटा नारायण, शिव मन्दिर लगायतका सम्पदाको पुनर्निर्माण भइसकेको छ । त्यसैगरी पाटन दरबार क्षेत्रमा करिब १० वटाको निर्माण सम्पन्न भएको छ । अधिकांश सम्पदाको काम अघि बढिरहेकाले छिटै सम्पन्न हुने क्रममा रहेको पाटन दरबार हेरचाह अड्डा प्रमुख काजीमान प्याकुरेलले जानकारी दिनुभयो ।

भूकम्पले सबैभन्दा बढी क्षति पु¥याएको हनुमानढोका दरबार क्षेत्रमा करिब १५ सम्पदा संरक्षण र पुनर्निर्माण भइसकेका छन् । हनुमानढोका दरबारक्षेत्र विकास समितिका प्रमुख अरुणा नकर्मीले सम्पदा पुनर्निर्माण कार्य द्रुत गतिमा भइरहेको दाबी गर्नुभयो । हनुमानढोका दरबार क्षेत्रमा रहेको वसन्तपुर दरबारको कीर्तिपुर टावर निर्माण सम्पन्न भइसकेको छ । भक्तपुर टावर पुनर्निर्माण क्रममा रहेको प्रमुख नकर्मीले जानकारी दिनुभयो ।

सो क्षेत्रका तलेजु, शिवमन्दिर, कागेश्वर, गद्धी बैठक, ठूलो नगरा, सरस्वती, देगु तलेजु लगायतमा सम्पदा पुनर्निर्माण सम्पन्न भइसकेको छ भने लक्ष्मीनारायण, प्रताप मल्लको शालिक, काष्ठमण्डप, दशअवतार, माजु देःगको पुनर्निर्माण भइरहेका छन् । तलेजुको पुनर्निर्माण र संरक्षणकार्य सम्पन्न भइसकेको बताउँदै नकर्मीले भन्नुभयो– ‘अन्य सम्पदाहरु पुनर्निर्माण क्रममा रहेका छन् ।’
नेपाल समाचारपत्रबाट

Logo