सांग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेजबीच सहकार्य

सांग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेजबीच सहकार्य

केन्द्रबिन्दु
174
Shares

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेज चाबहिल बीच आपसी सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार बैंकले सेन्ट लरेन्स कलेजका विद्यार्थीलाई इन्टर्नसिप, स्थलगत अवलोकन भ्रमण लगायतमा प्राथमिकता दिनेछ । यस्तै, बैंकले आयोजना गर्ने विभिन्न कार्यक्रममा सेन्ट लरेन्स कलेजका तर्फबाट सक्रिय सहभागिता रहने छ ।

कलेजले आयोजना गर्ने ‘जब फेयर’ लगायत कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकको सहभागिता रहनेछ । यो सहकार्य दुई वर्षसम्म लागू हुनेछ ।

विशेषगरी सेन्ट लरेन्स कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई विविध सीप र थप ज्ञान प्रदान गर्ने उदेश्यले यो सम्झौता भएको क्याम्पस प्रमुख पुरुषोत्तम महर्जनले बताए ।

Logo