काठमाडौं । भारतीय टायल कम्पनी कजारियाले कलंकीमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । राम इम्पोर्ट हाउस् द्वारा सञ्चालित यो सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ ।
उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियार र उद्योग वाणिज्य संघ काठमाडौंका पूर्व अध्यक्ष कुशकुमार जोशीको उपस्थिति रहेको थियो । सो अवसरमा कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र राष्ट्रिय सेल्स प्रमुख प्रवीन सिंहले रिबन काट्दै सोरुमको औपचारिक उद्घाटन गरेका थिए ।
निर्देशक अग्रवालले सोरुमको शुभारम्भप्रति उत्साह व्यक्त गर्दै भने, “हामी निर्माण क्षेत्रका सबै सरोकारवालालाई टिकाउ, सौन्दर्ययुक्त र विश्वसनीय टायलहरू प्रदान गर्न प्रतिबद्ध छौं ।”

कलंकीस्थित यो सोरुमले आर्किटेक्ट, निर्माण व्यवसायी र अन्तिम उपभोक्ताका लागि डिजाइन र गुणस्तरको संयोजन प्रस्तुत गर्नेछ । टायलमा नविनतम प्रविधि र ट्रेन्ड समावेश गर्दै कजारियाले नेपालमा निर्माण सामग्रीको क्षेत्रमा नयाँ मापदण्डहरू स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ ।
प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै यो शोरुमको शुभारम्भ कजारियाको लागि महत्वपूर्ण उपलब्धि हो ।
रमेश कर्प र भारतको अग्रणी टायल उत्पादक कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजारिया रमेश टाइल्स लिमिटेडले नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट स्थापना गरेको छ । नेपाललाई टाइल्समा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले वार्षिक ५२ लाख वर्गमिटर टायल उत्पादन गर्नेछ । यो ४०० करोड नेपाली रुपैयाँ लगानीले अर्थतन्त्रलाई उकास्ने र सुलभ मूल्यमा विश्वस्तरीय कजारिया टाइल्स उपलब्ध गराउने लक्ष्य राखेको छ । यो प्लान्टले स्थानीय अर्थतन्त्रलाई उल्लेखनीय रूपमा बढावा दिनुका साथै हजारौं रोजगारीका अवसरहरू प्रदान गर्नेछ, स्थानीय समुदायको जीवनलाई समृद्ध बनाउनेछ र वृद्धि र विकासलाई बढावा दिने कम्पनीकाे दाबी छ ।































प्रतिक्रिया