काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा पन्जाब किंग्सले पहिलो हार व्यहोरेको छ । गएराति भएको खेलमा राजस्थान रोयल्ससँग पन्जाब ५० रनले पराजित भएको हो ।
जितको लागि २०६ रनको लक्ष्य पछाएको पन्जाब २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रनमा नै समेटियो। खराब सुरुवात गरेको पन्जाबका लागि नेहाल वादेराले सर्वाधिक ६२ रनको इनिङ खेले, तर जिताउन भने सकेनन् ।
ग्लेन म्याक्सवेलले ३० रन, प्रबसिमरन सिंहले १७ रन तथा कप्तान श्रेयश अयर १० रनमा समेटिएपछि अरुले राम्रो प्रदर्शन गर्न सकेनन् ।
बलिङमा राजस्थानका जोफ्रा आर्चरले सर्वाधिक ३ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ४ विकेट गुमाउँदै २०५ रन जोडेको थियो । राजस्थानका लागि ओपनर यशस्वी जैसवालले ६५ रनको योगदान गरे । कप्तान सञ्जु सामसनले ३८ रन जोड्दा रियान पराग ४३ रनमा नटआउट रहे ।
बलिङमा पन्जाबका लकी फर्गुसनले २ विकेट लिए भने मार्को जेनसेन अर्शदीप सिंहले समान १ विकेट झारे।
यो हारपछि पन्जाब चार अंकसहित तेस्रो स्थानमा कायम भएको छ भने राजस्थान समानसहित सातौँ स्थानमा छ ।





























प्रतिक्रिया